मंगलबार, कार्तिक ४ २०८३
ताजा अपडेट

बेलायतमा अनलाइनबाट अढाइ लाखको आइफोन मगाउँदा ल्याइदिए साबुन


  • बुधबार, माघ २६ २०७८
7.9K
SHARES

फाइल तस्विर

युकेमा एक महिलाले करिब अढाइ लाख रुपैयाँमा आइफोन १३ प्रो म्याक्स अनलाईनबाट किनेकी थिइन्, तर उनलाई पठइदिएको प्याकेटमा भने एउटा साबुन थियो।

रिपोर्टका अनुसार खाउला लाफैली नामकी एक महिलाले अनलाइन सपिङ साइटबाट आइफोन १३ प्रो म्याक्स बुक गरेकी थिइन्। दुई दिनपछि कुरियर गर्ने केटाले उसलाई प्याकेट ल्याइदिए। खोलेर हेर्दा उनी छक्क परिन्। वास्तवमा त्यो प्याकेटमा आइफोनको सट्टा साबुन राखिएको थियो, जसको मूल्य निकै कम थियो।

रिपोर्टका अनुसार सामान ढुवानी गर्दा डेलिभरी ब्वाइले यस्तो ठगी गर्ने गरेका छन्।

फोन बुक गर्दा भोलिपल्ट डेलिभरी गर्ने उल्लेख गरेको भए पनि सामान २ दिनपछि मात्र आएको पीडित महिला बताउँछिन्। डेलिभरी ब्वाइले निर्धारित दिनमा फोन गरेर आफू जाममा फसेकोले आज डेलिभर गर्न नसक्ने बताएका थिए। यति मात्र होइन, डेलिभरी ब्वाइले दोस्रो पटक पनि यो प्याकेट सिधै दिएनन्। उनले घरको ढोकाको तस्बिरमा क्लिक गरेर घरमा कोही नभएको रिपोर्ट पठाएका थिए। त्यो बेलामा उनी घरमै थिइन्।

धेरै संघर्षपछि जब महिलाले प्याकेट पाइन् तर गलत। महिलाले सपिङ वेबसाइटविरुद्ध उजुरी दिएकी छिन्। सोही क्रममा कुरियर कम्पनीले अनुसन्धान भइरहेको जनाएको छ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा