मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट अलग भएको घोषणा गरेका पूर्वअध्यक्ष कमल थापाले आफूलाई राजाले पछाडिबाट छुरा हानेको र अध्यक्ष पदमा पराजित गर्न भूमिका खेलेको आरोप लगाएका छन् ।
मंगलबार गृह नगर हेटौंडा पुगेर थापाले आफूनिकट नेताहरुसँगको अन्तक्रियामा अब सक्रिय रुपमा राजतन्त्रको एजेण्डा नबोक्ने बताए ।
उनले भने, ‘अब हामी सक्रिय राजतन्त्र बोकेर हिँड्न सक्दैनौं । राजाले नै मलाई अझै १० वर्ष सक्रिय राजनीति गर्नुपर्छ भनेका कारण मैले उम्मेदवारी दिएको थिएँ । उहाँले रेस्ट गर भन्नु भएको भए म उठ्दैन थिएँ । मलाई हराएर उहाँले के पाउनुभयो मलाई थाहा छैन ।’
थापा आफूले नै हुर्काएको राप्रपाबाट अन्ततः अलग भई नयाँ दल खोल्ने तयारीमा गृहजिल्लातिर निस्केका हुन् ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।