शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

माओवादीले भन्यो-वैशाख ३० मा चुनाव हुनै सक्दैन


  • मंगलबार, माघ २५ २०७८
11.7K
SHARES

फाइल तस्विर

नेकपा माओवादी केन्द्रका नेता देव गुरुङले अहिलेको कानूनअनुसार २०७९ वैशाख ३० मा स्थानीय तहको चुनाव हुन नसक्ने बताएका छन् । मंगलबार न्यूज एजेन्सी नेपालसँग कुराकानी गर्दै नेता गुरुङले वैशाखमा निर्वाचन गर्दा स्थानीय तह निर्वाचनसम्बन्धी ऐन संशोधन गर्नुपर्ने आवश्यकता औंल्याए ।

कार्यकाल समाप्त हुनुभन्दा दुई महिनाअगावै निर्वाचन गरिसक्नुपर्ने ऐनको व्यवस्था रहेको भन्दै उनले कानून संशोधनको कुरा उठाएका हुन् । सम्भव भएमा वर्तमान ऐन संशोधन गर्नुपर्ने र संसद अवरोधका कारण ऐन संशोधन सम्भव नभएमा संविधानको व्यवस्थाअनुसार कार्यअवधि सकिएको ६ महिनाभित्र निर्वाचन गर्नुपर्ने उनो धारणा छ ।

उनले भने, ‘तीन चरणमा भएको चुनावमध्येमा पहिलो चरणकोलाई कार्याविधि सुरु भएको मानिएको छ । त्यो समयलाई मान्ने हो भने जेठको ५ गते कार्यवधि समाप्त हुन्छ । ऐनअनुसार त चैतको ५ गते अगाडि निर्वाचन गरिसक्नुपर्छ । चैतको ५ गतेभन्दा अगाडी निर्वाचन गरिसक्नुपर्ने ऐनको व्यवस्था यथावत रहँदासम्म चैतको ५ गतेदेखि जेठको ५ गतेको बिचमा ऐनले परिकल्पना गरेको देखिँदैन ।’

नेता गुरुङले संविधानले कार्यावधि समाप्त भएपछि ६ महिनाभित्र र ऐनले दुई महिना अगाडि निर्वाचन गर्ने भनेकाले संविधानसँग बाझिएका ऐनहरू खारेज गर्नुपर्ने बताए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा