शुक्रबार, भाद्र १९ २०८३
ताजा अपडेट

बैशाख ३० गतेको दिन सम्झेर माधव नेपाल पनि भए पूरै युटर्न !


  • मंगलबार, माघ २५ २०७८
10.5K
SHARES

फाईल तस्बिर

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल एमसीसीबारे पछिल्लो समय मौन छन् । उनले विगतमा लचिलो ढंगले एमसीसी संशोधनमा जोड दिएका थिए ।

एमसीसीले संशोधन नगर्ने स्पष्ट पारेपछि नेता नेपाल मौन छन् । झलनाथ खनालबाहेक नेकपा एसका प्रभावशाली नेता देखि सांसदहरु एमसीसीबारे बोलेका छैनन् ।

विश्वस्त स्रोतका अनुसार माधव नेपाल एमसीसीको विपक्षमा जाने छैनन् । उनी सकभर गठबन्धन जोगाएर एमसीसीबारे सकारात्मक निर्णयको पक्षमा छन् । त्यसका लागि प्रयास गरिरहेका छन् ।

एमसीसीको विपक्षमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड उभिइसकेकाले माधव नेपाल अप्ठ्यारोमा छन् । प्रचण्डलाई चिढ्याउन पनि चाहँदैनन् । सकभर प्रचण्डलाई मनाउन नेपाल लागेको बुझिएको छ ।

एमसीसी टेबुल गर्न सभामुखले अवरोध गर्ने सम्भावना पनि छ । त्यस्तो अवस्थामा उनलाई हटाउने प्रयास हुनसक्छ । सभामुख हट्दा नेकपा एसलाई धक्का पर्न सक्छ । अर्कोतर्फ, गठबन्धन पनि तोडिनसक्छ ।

माधव नेपाल एमसीसी पनि पारित हुने गठबन्धन पनि नटुट्ने गरी प्रयासरत छन् । यसका लागि उनी गृहकार्यमा जुटेका छन् । मध्यमार्गी बाटो खोज्न लागेका नेपाल देउवा र प्रचण्डसँग सम्पर्कमा रही प्रयास गरिरहेको बुझिएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा