नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच बालुवाटार बैठकमा चर्काचर्की भएको खुलासा भएको छ । ओलीले आफ्नो पार्टी फुटाउने डिजाइनर भनी चर्किएका थिए ।
प्रचण्डले ओलीमाथि अदालतमा पनि मुद्दा हाल्ने संसदमा पनि कराइराख्ने भनेपछि ओलीले पनि ‘मेरो पार्टी फुटाउने, मेरा मान्छे चोर्ने र अनेकन डिजाइनर गर्ने’ भनेका थिए ।
ओलीले त्यसपछि ‘डिजाइनरहरु कस्ता हुन्छन् देखाइदिने’ चेतावनी दिएका थिए । ओलीले माधव नेपालसहित १४ सांसदको विषय उठाएका थिए । उनले सभामुख अग्निप्रसाद सापकोटाको विषय उठाएर कडा कदम चाल्ने चेतावनी दिए ।
प्रचण्डले पनि कडा स्वरमा ‘अदालतमा विचाराधीन विषय उठाएर सदन अवरोध गरेको र सभामुखलाई तारोमा पारेको’ भनेका थिए । ओलीले एमसीसी टेबुल गर्न आनाकानी गरेको भन्दै सभामुख अग्निप्रसाद सापकोटालाई महाभियोग लगाउने प्रस्ताव देउवालाई राखेका थिए ।
देउवाले पनि ओली ‘प्रधानमन्त्री हुँदा एमसीसी किन अगाडि नबढाएको रु’ ‘सभामुखलाई महाभियोग लगाउने कदम किन नचालेको रु’ भनी प्रश्न गरेका थिए ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।