शनिबार, साउन ३० २०८३
ताजा अपडेट

भोलि बस्ने संसद बैठकको सम्भावित कार्यसूचीमा छैन एमसिसी


  • मंगलबार, माघ २५ २०७८
7.1K
SHARES

फाईल तस्बिर

प्रतिनिधि सभाका सभामुख अग्नि सापकोटाले बुधबारको संसद बैठक सञ्चालनका लागि कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन्।

संसद सचिवालयका अनुसार बुधबार बिहान ११ बजेका लागि सभामुख सापकोटाले बैठक बोलाएका हुन्।

सत्तारूढ घटक नेकपा (माओवादी केन्द्र) ले संसद बैठक केही दिन सार्न प्रयास गरिरहेका बेला सभामुख सापकोटाले कार्यव्यवस्था समितिको बैठक बोलाएपछि भोलि संसद बैठक बस्ने देखिएको छ।

यसअघि संसद बैठक पटक-पटक सर्दै आएको छ।

संसद सचिवालयले भोलिको बैठकका लागि सम्भावित कार्यसूची पनि सार्वजनिक गरेको छ।  उक्त कार्यसूचीमा बहुचर्चित एमसिसी सम्झौता अनुमोदनका लागि टेबल गर्ने प्रस्ताव भने छैन।

संसदको भोलिको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले थारू आयोगको वार्षिक प्रतिवेदन पेस गर्ने र सभामुखले विभिन्न शोक प्रस्ताव राख्ने सम्भावित कार्यसूचीमा छ।

यसैबीच प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले भने भोलिको बैठकमा पनि अवरोध जारी राख्ने बताएको छ।

एमाले प्रमुख सचेतक विशाल भट्टराईले आफ्ना मागहरू सम्बोधन नभएकाले भोलिको बैठक पनि अवरोध गर्ने बताए।

‘हाम्रा माग पूरा नभएसम्म अवरोध गर्ने हाम्रो नीति हो,’ भट्टराईले भने,‘त्यहीअनुसार भोलिको बैठक पनि अवरोध गर्छौं।’


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा