शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

पद र कुर्सी बिना राप्रपामा बस्न सकेनन् कमल थापा, कुर्सी नपाएरै पार्टी छोडेको सर्वसाधारणको बुझाइ


  • मंगलबार, माघ २५ २०७८
8.6K
SHARES

तस्विरः फाइल

राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्व अध्यक्ष कमल थापाले पार्टी परित्याग गरेका हुन्। केही समय अगाडि भएको राप्रपाको महाधिवेशनमा राजेन्द्र लिङदेन सँग पार्टी अध्यक्षमा हार बेहोरेका थापाले पार्टीबाटै अलग हुने निर्णय लिएका छन् ।

लामो समय राप्रपाको नेतृत्व गरेका नेता थापा पार्टी भित्र अध्यक्षको कुर्सीमा बस्न नपाएकै कारण पार्टीबाट अलग भएको कार्यकर्ताको बुझाइ बिभिन्न सामाजिक सञ्जालहरूमा पोखिएका छन् ।

पार्टीको आन्तरिक चुनावमा अध्यक्ष पदमा हार बेहोरे पछि थापा पार्टीमै नरहने अलग हुने निर्णयमा पुग्नुले झनै पद र कुर्सी प्रति नेता कति सम्म लोलुप हुन्छन् भन्ने चरित्र देखिएको आम सर्वसाधारणको बुझाई छ । सामाजिक सञ्जालहरूमा कमल थापा पद नपाएर पार्टी नै छोडेका हुन भन्ने टिप्पणीहरू आउन थालेका छन् ।

मङ्गलवार हेटौँडा पुगेका थापाले पत्रकार सम्मेलन गरी आफूले राप्रपा परित्याग गरेको घोषणा गरेका थिए ।

‘अत्यन्त भारी मन तथा पीडाबोधका साथ मैले राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अलग हुने निर्णय गरेको छु। पार्टीभित्र देखा पर्न थालेको सैद्धान्तिक विचलन तथा गलत प्रवृत्तिलाई सुधार गरेर मेरो बाँकी क्रियाशील राजनीतिक जीवन पार्टी भित्रै बिताउने र पार्टी मै रमाउने उत्कट चाहना भएता पनि आफ्नो कुराको सुनुवाइ नहुने भएपछि मैले यो अप्रिय निर्णय लिन बाध्य भएको हुँ,’ थापाले भनेका छन्, ‘राप्रपामा रहँदा पार्टीका साथी सहयोगी र शुभचिन्तकबाट प्राप्त सहयोग, सद्भाव र स्नेह प्रति म सदैव आभारी रहने छु। पार्टीमा रहँदा बिताएका क्षणहरूप्रति म सदैव गौरव गरिरहने छु। राप्रपाका कुनै साथीहरूसँग मेरो वैरभाव छैन सबैको भलो होस् भन्ने कामना गर्दछु।’

यसअघि सोमबार उनले आफूपक्षीय नेताको भेला गरेर सरकारले स्थानीय चुनावको मिति घोषणा गर्नुअघि नै पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनबाट आफूले उठाएका माग सम्बोधन हुनुपर्ने बताएका थिए।

‘सरकारले सम्भवत आजै स्थानीय तह चुनाव मिति घोषणा गर्न सक्छ। आज अल्टिमेटम दिएर आजै सबै माग पूरा गर्ने भन्ने त होइन तर समय एकदम कम छ,’ उनले भनका थिए, ‘मलाई नयाँ यात्रा सिर्जना गरेर दु:ख बेसाउने मन छैन। तर बाध्य बनाउनुभयो भने नयाँ यात्रा सुरू हुन्छ। म त्यो यात्रामा साथ दिन कसैलाई पनि कर गर्दिनँ, आफ्नो स्वेच्छाले निर्णय गर्नुस्, अन्तरआत्मालाई सोधेर निर्णय गर्नुस्। हामी निर्णायक घडीमा आइपुगेका छौं।’

थापाले पार्टी परित्याग गरे पनि उनले तत्काल राप्रपा विभाजन गराएर नयाँ पार्टी नखोल्ने उनीनिकट केन्द्रीय सदस्य राजाराम बर्तौलाले बताए।

‘अब के गर्ने भन्नेबारे छलफल र कुराकानी हुन्छ। अहिलेसम्म नयाँ पार्टीको कुनै तयारी छैन,’ बर्तौलाले भने।

गत मंसिरमा भएको राप्रपाको एकता महाधिवेशनमा अध्यक्षमा पराजित भएपछि थापाले पूर्वराजा ज्ञानेन्द्र शाह र निर्मल निवासले चलखेल गरेर आफूलाई हराएको आरोप लगाउँदै आएका छन्।

यो विषयको छानबिन हुनु पर्ने उनको माग छ। निर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो मागको सुनुवाइ नगरेपछि थापाले पार्टी परित्याग गरेका हुन्।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा