अहिले राजनीति एमसीसी प्रकरणले तातेको छ । सत्ता गठबन्धनमा रहेका प्रचण्डको दोहोरो चरित्र स्पस्टै देखिएको छ । सार्वजनिक रूपमा एमसीसी अहिलेकै अवस्थामा पारित गर्न नहुने बताउँदै आएका माओवादी अध्यक्ष प्रचण्डले एमसीसी पास गर्ने गरी हस्ताक्षर गरेर पठाइएको पत्र सार्वजनिक भए सँगै प्रचण्डको दोहोरो चरित्र देखिएको हो ।
एमसीसीमा काँग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको एमसीसी पास गर्ने रणनीति र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको दोहोरो चरित्रको मुकुन्डो खोलिएसँगै अब सत्ता गठबन्धन के हुन्छ भन्ने प्रश्न उठेको छ ।
सम्झौता पारित गर्ने प्रतिविद्धतासहित देउवा–प्रचण्डले एमसीसीलाई पठाएको गोप्य पत्र नै सार्वजनिक भएसँगै गठबन्धनमा गडबड सुरु भएको हो । प्रधानमन्त्री देउवाले पत्र सार्वजनिक गरेको भन्दै प्रचण्डले आपत्ति समेत जनाएको अवस्थामा गठबन्धन टुट्ने बहस भएको छ ।
देउवाको कदमप्रति नेकपा एकीकृत समाजवादीले पनि असन्तुष्टि रहेको बताउँदै आइएको छ । नेताहरू मुख्यत देउवा, प्रचण्ड र माधव नेपालको अविश्वासको जालोमा झेलिएको गठबन्धनको आयुमाथि नै प्रश्न उठ्दै गएका कारण गठबन्धन धरापमा परेको जानकारहरू बताउँदै आएका छन् ।
प्रचण्डको दोहोरो चरित्रको समेत अहिले चर्चा चलेको छ । जनतामा जाँदा एमसीसी पास गर्न हुँदै हुँदैन भन्ने तर गोप्य रुपमा एमसीसी पास गर्नु पर्छ भन्दै आफै हस्ताक्षर गरेको पत्र पठाउनु प्रचण्ड दुई जिब्रे र दोहोरो चरित्र भएको भन्दै आलोचना समेत भएको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।