आइतबार, कार्तिक २ २०८३
ताजा अपडेट

कमल थापाले छाडे राप्रपा


  • मंगलबार, माघ २५ २०७८
5.4K
SHARES

फाईल तस्बिर

कमल थापाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) परित्याग गरेका छन् । पत्रकार सम्मेलन आयोजना गरेर उनले पार्टीबाट अलग हुने घोषणा गरेका हुन् ।

पार्टीमा सैद्धान्तिक विचलन आएको र गलत प्रवृत्तिलाई सुधार गरेर बाँकी क्रियाशील राजनीतिक जीवन पार्टीभित्रै बिताउने चाहना भए पनि सुनुवाइ नभएकाले आफूले राप्रपा छाडेका उनले बताएका छन् ।

मंसिरको अन्तिम साता भएको पार्टी महाधिवेशनमा अध्यक्षमा पराजित भएसँगै थापा असन्तुष्ट रहँदै आएका थिए । पूर्वअध्यक्षसमेत रहेका थापा नयाँ राजनीतिक दलको घोषणाको तयारीमा छन् ।

थापाले पूर्व राजा ज्ञानेन्द्र शाहले महाधिवेशनको निर्वाचन प्रक्रियामा हस्तक्षेप गरेका कारण अध्यक्षमा आफू पराजित भएको आरोप लगाउँदै आएका छन् ।

पूर्व राजाको भूमिकाको बारेमा पार्टीले छानबिन गर्नुपर्ने र त्यस्तो अवस्थामा आगामी दिनमा दोहोरिन नदिन पार्टीले ठोस कदम चाल्नुपर्ने माग थापाको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा