सामाजिक सञ्जालमा विभिन्न राजनीतिक घटनाक्रमका विषयमा आफ्ना धारणा राख्ने मुकुन्द घिमिरे उर्फ मुकुन्देले सरकारले स्थानीय चुनाव घोषणा गरे सँगै आगामी स्थानीय निर्वाचनमा एमाले पार्टी हाफ हुने माओवादी पत्त साफ हुने र काँग्रेसलाई फलिफाप हुने चोटिलो भविष्यवाणी गरेका छन् ।
उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ‘वडाध्यक्षहरूको चुनाव वैशाख ३० गते। एमाले हाफ, माओवादी पत्ता साफ, काङ्ग्रेसलाई फलिफाप।’
रत्नपार्क हुँदै सामाजिक सञ्जाल देखी विभिन्न माध्यमबाट चर्चामा छाएका मुकुन्द घिमिरे उर्फ ‘मुकुन्दे’ले स्थानीय निर्वाचनको सामाजिक सञ्जाल मार्फत भविष्यवाणी गरेका हुन ।
कुनै बेला रत्नपार्कको पिपलको रुखमा चढेर भाषण गर्ने उनी हिजोआज सामाजिक सञ्जाल मार्फत आफ्ना धारणा राख्ने गर्छन् । उनका सामाजिक सञ्जालमा लाखौँ फलोअरहरु रहेका छन्
२०३५ सालमा भोजपुरमा जन्मिएका मुकुन्द घिमिरे छोटो अवधिमै एक सेलिब्रेटि जस्तै बनेका छन् । उनी २०५८ देखि २०७० सम्म रत्नपार्कमा भाषण गर्दै आएदेखी नै चर्चाका रहेका थिए । यतिबेला भने उनको चर्चा सामाजिक सञ्जालमा बढि हुनेको गरेको छ ।
२०५८ देखि २०७० सालसम्म रत्नपार्कमा भाषण गर्दै हिड्ने मुकुन्द पछिल्लो समय भने सामाजिक सञ्जाल फेसबुक, ट्वीटरदेखी पछिल्लो समय मनोरञ्नको रुपमा एकदमै प्रयोग हँदै आएको टिकटकसम्म जोडिएका छन् । सामाजिक सञ्जालमा उनले आफूलाई भविष्यको कारार्यकारी राष्ट्रपति दाबी गर्दै आएका छन् ।
उनले मुकुन्दल्याण्डका जनतालाई सुख र शान्तिले बस्न पाउने व्यवस्था आफूले मिलाउने पनि बताउँदै आएका छन् । बुढेसकालसम्ममा कार्यकारी राष्ट्रपति बनेर मुलुकको अनुहार फेर्ने महत्वकांक्षा सुनाउने मुकुन्दलाई धेरैले पागको उदाहरण समेत दिनेको पाईन्छ । तर उनी भने आफूलाई राजनीतिक विश्लेषक भएको दबी गर्दै आएका छन् ।