काठमाडौं, २५ माघ । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले आगामी फागुन ४ गतेदेखि आइपीओ निष्काशन गर्ने भएको छ ।
संस्थाले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ८ करोड ५० लाख रूपैयाँ बराबरको आईपीओ जारी गर्ने भएको हो ।
त्यसमध्ये ०.५ प्रतिशत अर्थात १३ हजार कित्ता शेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात ४२ हजार ५ सय कित्ता शेयर सामूहिक लगानी कोषका लागि र ७ लाख ९४ हजार ५ सय कित्ता साधारण शेयर सर्वसाधारणका लागि छुट्याइएको कम्पनीले जनाएको छ ।
कम्पनीको अनुसार आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म छिटोमा फागुन ८ गतेदेखि ढीलोमा फागुन १८ गतेसम्म आवेदन दिन सक्नेछन् ।
आइपिओ निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ । मेरो शेयरबाट पनि आवेदन दिन सकिनेछ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।