शुक्रबार, भाद्र १९ २०८३
ताजा अपडेट

यूपीका मुख्यमन्त्रीलाई आयो महिलाबाट ज्यानमार्ने धम्की


  • मंगलबार, माघ २५ २०७८
8.6K
SHARES

फाइल तस्विर

काठमाडौं । उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई ज्यान मार्ने धम्की दिइएको छ । ट्विटरमा लेडी डन नामको एक युजर्सले याेगीको हत्या गर्ने धम्की दिएकी छिन् ।

उक्त ट्विटपछि उत्तरप्रदेश प्रहरीले योगीको सुरक्षामा नयाँ योजना बनाएको छ । उक्त धम्कीमा लेखिएको छ, ‘ओवेसी त एक मोहरा मात्रै हुन् । अशली निशाना त योगी आदित्यनाथ हुन् । भाजपाको सबै गाडीमा आरडीएक्सद्वारा आक्रमण हुनेछ ।’

उत्तर प्रदेश प्रहरीलाई ट्याग गर्दै अघि लेखिएको छ, ‘आफ्नो टिम लगाउ, दिल्लीमा मृत्यु देख…।’ त्यसपछि लगातार लेडी डन का नाममा अर्को युजर्समार्फत पनि अलीगड प्रहरीलाई ट्याग गर्दै धम्की दिइएको छ । उक्त ट्विटमा योगी आदित्यनाथको ज्यानमा खतरा रहेको बताइएको छ ।

धम्कीपूर्ण उक्त ट्विट्समा अघि भनिएको छ, ‘योगी आदित्यनाथ सूर्य देख्न पाउने छैनन् । उत्तर प्रदेशको मेरठ निवासी सीमा सिंह मानव बम बनाउनेछिन र सीएम योगीको संहार गर्नेछिन् ।’

यी ट्विटको उजुरी परेपछि प्रहरीले जाँच गर्ने बताएको छ । प्रहरीको निगरानीमा आएपछि अहिले यी ट्विट्स देखिएका छैनन् । हापुड प्रहरीले यस घटनाको गम्भीर रुपमा जाँच हुने बताएको छ । साइबर सेललाई यस घटनाको छानबिनको जिम्मेवारी दिइएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा