शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

स्थानीय तह रिक्त हुन्छ कि भन्ने आशंका हटेको छ : गगन थापा


  • मंगलबार, माघ २५ २०७८
10.1K
SHARES

काँग्रेस नेता गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने सरकारको निर्णयले स्थानीय तह रिक्त हुन्छ कि, भन्ने आशंका हटेको बताएका छन्।

उनले सामाजिक सञ्जालमार्फत संविधानको मर्मअनुरूप निर्वाचनको मिति घोषणा भएको बताएका छन्।

‘वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने सरकारको निर्णय उपयुक्त छ, संविधानको मर्मअनुरूप छ। स्थानीय तह रिक्त हुन्छ कि भन्ने आशंका हटेको छ। अनि निर्वाचन टार्ने गरी भएका अनेकन् बहस अब सकिएका छन्’, महामन्त्री थापाले मंगलबार बिहान भनेका छन्, ‘सबैले सदैव हेक्का राख्नु पर्दछ- संविधान र लोकतन्त्रको मर्म विपरीत हिँड्ने छुट कसैलाई छैन।’

सरकारले आगामी वैशाख ३० गते एकै पटक गर्ने गरी स्थानीय तहको निर्वाचन मिति घोषणा गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले २०७९ वैशाख ३० मा चुनाव गर्ने निर्णय गरेको हो।

०७४ सालमा तीन चरणमा स्थानीय तहको निर्वाचन भएको थियो।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा