बुधबार, कार्तिक ५ २०८३
ताजा अपडेट

एमाले कुनै शक्तिसँग झुक्दैन, सत्ता गठबन्धनसँग एक्लै प्रतिस्पर्धा गर्न तयार छ : विश्वकर्मा


  • मंगलबार, माघ २५ २०७८
8.6K
SHARES

फाइल तस्विर

नेकपा एमालेका सचिव छविलाल विश्वकर्माले सत्ता गठबन्धनसँग एमाले एक्लै प्रतिस्पर्धा गर्न तयार रहेको बताएका छन् । एमालेसँग प्रतिस्पर्धा गर्न नसक्ने डरले पाँच दलीय गठबन्धनका नेताले गठबन्धनलाई चुनावसम्मै लैजाने कुरा गरिरहेको भन्दै उनले आफ्नो दल एक्लै निर्वाचन लड्न तयार रहेको बताए ।

एमाले तिलोत्तमा नगर कमिटीद्वारा सोमबार शंकरनगरमा आयोजित बृहत् पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै सचिव विश्वकर्माले यस्तो बताएका हुन् । ‘एमाले कुनै शक्तिसँग झुक्दैन, आगामी निर्वाचनमा जुनसुकै गठबन्धन गरेर आए पनि एमाले एमाले एक्लै प्रतिस्पर्धा गर्न तयार छ,’ उनले भने ।

विश्वकर्माले एमाले नै मुलुक र जनताको आशा तथा भरोसाको केन्द्र बनेको भन्दै अहिलेको सरकार केन्द्र वा प्रदेश कतै पनि देखिन छाडेको बताए । ‘सरकार छ कि छैन भन्ने कुराको जनतालाई वास्ता छैन र सरकारप्रति आम विश्वास पनि छैन,’ विश्वकर्माले भने ।

उनले एमसिसीबारे दोहोरो कुरा गरेर सत्तारुढ दलका नेताले जनतामा भ्रम फैलाउने काम गरेको पनि आरोप लगाए । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एकातिर एमसिसीमा सहमति जनाउँदै अमेरिकालाई पत्र लेख्ने अर्कोतिर जनतामा आफूलाई एमसिसी विरोधी देखाएर दोहोरो चरित्र प्रदर्शन गरेको उनको टिप्पणी छ ।

कार्यक्रममा बोल्दै एमाले पोलिटब्युरो सदस्य लीला गिरीले पार्टीमा योगदान र क्षमताका आधारमा जिम्मेवारी प्रदान गरिने बताए । पार्टीमा कसैलाई काखापाखा वा भेदभाव नगरिने पनि  गिरीले बताए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा