आइतबार, कार्तिक २ २०८३
ताजा अपडेट

देश बेच्ने एमसीसीकाे पैसा हामीलाई चाहिँदैनः मात्रिका यादव


  • मंगलबार, माघ २५ २०७८
7.8K
SHARES

फाइल तस्विर

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का प्रभावशाली नेता तथा पूर्वमन्त्री मात्रिका यादवले एमसीसी नेपालको हितमा रहेको छ वा छैन भन्ने कुरा पहिले हेर्नुपर्नेमा जोड दिएका छन् ।

उनले प्रचण्डले प्रतिगमनविरुद्धको लडाई लडेर किस्तीमा लगेर शेरबहदुर देउवालाई प्रधानमन्त्री पद दिएको सुनाए ।

उनले अग्रगमनमा मुलुकलाई अघि बढाउनको लागि आफूहरुले देउवालाई प्रधानमन्त्री बनाएको जिकिर गरे ।

उनले कतिपय कुरामा प्रचण्डको उदारता धेरै नै देखिएको सुनाए । तर, प्रचण्डले एमसीसी यथास्थितिमा पास नगर्ने भनेर भनिसकेको पनि यादवको भनाई छ ।

हिजो राति प्राइम टिभीबाट प्रशारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा बोल्दै उनले एमसीसीमा साझा सहमति गर्नुपर्नेमा जोड दिए ।

उनले प्रतिगमनलाई परास्त गर्नको लागि नै आफूहरुले गठबन्धनको सरकार बनाएको दाबी गरे । एमसीसीलाई पत्राचार गर्दा प्रचण्डले हस्ताक्षर गर्नु बाध्यता थियो भन्ने उनको भनाई छ ।

उनले आफूहरुलाई देश बेच्नेखालको पैसा नचाहिने पनि दाबी गरे ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा