काठमाडौं । साढे दुई वर्षअघि संसद्मा दर्ता भएको अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको सम्झौतामाथि संसदीय समितिमा छलफल हुने भएको छ । संसद् (फुल हाउस) मा पेस हुनुअघि नै यो सम्झौतामाथि समितिमा छलफल हुन लागेको हो ।
सामान्यतया संसद्मा दर्ता भएका विधेयक तथा सन्धि–सम्झौतासँग सम्बन्धित दस्ताबेजहरू संसद्मा पेस भएर आवश्यक परे मात्रै थप सुझावसहितको प्रतिवेदन पेस गर्न संसदीय समितिमा छलफलका लागि पठाउने परम्परा छ ।
सत्ता गठबन्धनभित्रको मतभेद र सभामुख अग्निप्रसाद सापकोटाको अडानका कारण प्रतिनिधिसभामा टेबल हुन नसकेको एमसीसी सम्झौतामाथि संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा छलफल हुने भएको हो । प्रतिनिधिसभाको विधेयक शाखामा २०७६ असार ३० मा दर्ता भएको उक्त सम्झौता अहिलेसम्म संसदीय अनुमोदनका लागि अघि बढ्न सकेको छैन ।
समितिको सोमबार बसेको बैठकमा सदस्यहरूले कुरा उठाएपछि सभापति पवित्रा निरौला खरेलले सम्झौतामाथि छलफल गरिने बताइन् । समय निर्धारण गरेर बैठक बोलाउने उनले जानकारी दिइन् । ‘एमसीसीबारे छलफलको माग भएको छ,’ उनले भनिन्, ‘यस विषयमा सांसदहरू अनभिज्ञ भएर बस्नु उचित भएन । अर्को बैठकमा हामीले छलफल गर्नुपर्छ ।’
आजको कान्तिपुर खबर छ
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।