शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

गायिका लता मंगेशकरको अस्पताल भित्रकाे भिडिओ सार्वजनिक, भयाे भाइरल !


  • सोमबार, माघ २४ २०७८
10.4K
SHARES

भारतीय चर्चित गायिका लता मंगेशकरको ९२ वर्षको उमेरमा आइतबार अर्थात फेब्रुअरी ६ मा निधन भएको छ। कोरोना संक्रमण भएपछि उनलाई मुम्बईको ब्रिच क्यान्डी अस्पताल भर्ना गरिएको थियो । उनी पछिल्लो २९ दिनदेखि कोरोना र निमोनियासँग लड्दै थिइन्।

अहिले सामाजिक सञ्जालमा लता मंगेशकरको एउटा भिडिओ निकै भाइरल भइरहेको छ, जसमा लता दुई महिलाको सहयोगमा हिँडिरहेको देखिएकी छन्। यो भिडिओ गत महिना अस्पताल भर्ना हुँदाको हो भन्ने दाबी गरिएको छ, तर आफूले यसको पुष्टि गर्न नसकेको भारतीय पत्रिका दैनिक भास्करले जनाएको छ।

‘भारत रत्न’ उपाधी पाएकी लताले सन् १९४२ मा आफ्नो करियरको सुरुवात गरेकी थिइन् । उनले फिल्म ‘महल’को गीत ‘आएगा आने वाला’बाट पहिचान पाएकी थिइन् । लताले विश्वभरका करिब ३६ भाषामा ४० हजार बढी गीत गाएकी छन् । एक गायिकाका रूपमा यति लामो करियरमा लताले निकै सम्पत्ति जोडिन् । लताको कुल सम्पत्ति ५० मिलियन अमेरिकी डलरको आसपास छ । उनको अधिकांश कमाई गीतको रोयल्टी र त्यसको लगानीबाट प्राप्त हुन्थ्यो ।

उनले पहिलोपटक मराठी फिल्म ‘किति हसाल’का लागि गीत गाएकी थिइन् । यो उनको पहिलो गीत कहिल्यै रिलिज भएन । उनको पहिलो कमाई २५ रुपैंयाँ थियो । तर जीवनको अन्तिम क्षणसम्ममा उनी करोडौं सम्पत्तिको मालिक बनेकी थिइन् । अन्तिम समयसम्म उनको मासिक आम्दानी ४० लाख रुपैंयाँ थियो ।

लताको दक्षिण मुम्बईको पेडर रोडमा घर छ, जसको नाम प्रभुकुञ्ज भवन हो । उनी यही घरमा बस्थिन् । यो घरको मूल्य करोडौं पर्छ । लता कारको शौखिन थिइन् र उनीसँगै शेवरले, ब्युक र क्रिसलर ब्रान्डका गाडी थिए । लतालाई फिल्म निर्माता यश चोपडाले ‘वीर जारा’को गीत रिलिज हुनासाथ एक मर्सिडिज कार उपहार दिएका थिए ।

लताले आजीवन विवाह गरिनन् । उनलाई दागबत्ती उनको भाइ हृदयनाथ मंगेशकरले दिएका थिए । जो अब लताको सम्पत्तिको मालिक हुन सक्छन् । यद्यपि अहिलेसम्म मालिक को हुने भन्ने आधिकारिक खुलेको छैन ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा