शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

लता मंगेशकरको सम्झनामा अञ्जुले गाइन् ‘मेरे नैना’ (भिडियोसहित)


  • सोमबार, माघ २४ २०७८
16.9K
SHARES

काठमाडौं । विश्व प्रसिद्ध भारतीय गायिका लता मंगेशकरको उपचारकाे क्रममा आइतबार बिहान निधन भयो ।

उनको निधनले विश्वभरका संगीतप्रेमीलाई स्तब्ध बनाएको छ । लताको पार्थिव शरीरको अन्त्येष्टि आइतबार साँझ नै गरिएको छ ।

लताले विभिन्न ३६ भाषामा ५० हजारभन्दा बढी गीतमा स्वर दिएकी छन् । उनले स्वर भरेको ‘मेरे नैना’ बोलको गीत चर्चित मानिन्छ ।

यसैबीच, लतालाई श्रद्धाञ्जली दिँदै चर्चित गायिका अञ्जु पन्तले ‘मेरे नैना’ बोलको गीतको कभर भिडियो सार्वजनिक गरेकी छन् ।

अन्जुले लेखेकी छन्, ‘संगीत इतिहासको एक धरोहर आदरणीय लता मंगेशकरको निधनको खबरले स्तब्ध बनायो ।

विश्वले उहाँको सांगीतिक योगदानलाई कहिल्यै भुल्नेछैन । संयोग पनि कस्तो हुँदो रहेछ, दुई दिनअघि मात्र मेरो श्रीमानले यो गीत गाउन अनुरोध गर्नुभयो अनि मैले रेकर्ड गरें । आज त्यही गीत लताजीको सम्झना र सम्मानस्वरुप यहाँहरुमाझ ल्याएकी छु ।’


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा