शनिबार, साउन ३० २०८३
ताजा अपडेट

एमसीसीबारे जनमतसंग्रह गरौँ !


  • सोमबार, माघ २४ २०७८
10.8K
SHARES

फाइल तस्विर

माओवादी केन्द्रका नेता सुदन किराँतीले एमसीसीबारे जनमत संग्रह वा गोलमेच सम्मेलन गर्नुपर्ने बताएका छन् ।

एमसीसीले नेपालको हितमा नरहेको भन्दै विकासका लागि हो भन्नेहरूले जनमत संग्रहका लागि तयार हुनुपर्ने बताएका हुन् ।

प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको सोमबारको बैठकमा सांसद किराँतीले एमसीसीको विरोधमा सडकमा जनता बोलिरहेको अवस्थामा राम्रै हो भन्ने हो भने जनमत संग्रह गर्न तयार हुनुपर्ने बताएका हुन् ।

‘एमसीसीविरुद्धमा जनता बोलिरहेका छन् । राम्रो भन्ने हो भने गोलमेच सम्मेलन गरौं या एमसीसीबारे जनमतसंग्रह गरौं न त,’ उनको सुझाव थियो, ‘या एमसीसीबारे हामी सबैले एकमत कुरा गरौं ।’

एमसीसी ‘राष्ट्रघाती नै’ भएको सांसद किराँतीको भनाइ थियो । ‘नेपाललाई खसी चाहिएको छ तर खुवाइँदैछ फर्सीु भन्दै विकासका नाममा राष्ट्रिय हितविरुद्धको सम्झौता स्वीकार्य नहुने उनको भनाइ थियो ।

किराँतीले प्रधानमन्त्री शेरबहादुर देउवा र पूर्वप्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहालले असोज १३ गते लेखेको पत्र असोभनीय भएको पनि बताए ।

‘उताबाट एउटा सहसचिवले लेख्छ यताबाट बहालवाला प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीले पत्र लेख्छन्, यो शोभनीय भएन,’ उनले भने ।

नेपालमा शीर्ष पदमा रहेकाहरूले आफ्नो पदीय मर्यादा पूरा नगरिरहेको किराँतीको भनाइ थियो ।

उनले बहालवाला प्रधानमन्त्री खुफिया एजेन्सीको प्रमुखसँग घण्टौ वार्ता गर्ने, शीर्ष पदमा पुगेकाहरू विवादित विषयमा नबोलिरहेको बारेमा पनि शंका उत्पन्न भएको उनले बताए ।

संसद्मा राष्ट्रिय महत्वका विषयमा सांसदहरूलाई बोल्न नदिइएको र समय कम दिइएको विषयमा पनि सांसद किराँतीले असन्तुष्टि जनाएका छन् ।

उनले सबै सांसदको हैसियत बराबर भएपनि बोल्न समय नमिलेको बताए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा