शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

कानुनअनुसार नै चुनाव घोषणा भयो, अब तयारीमा लाग्छौँ : एमाले


  • सोमबार, माघ २४ २०७८
11.9K
SHARES

फाईल तस्बिर

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले सरकारले वैशाख ३० मा स्थानीय निर्वाचनको मिति घोषणा गरेकोमा स्वागत गरेको छ ।

चुनावको तयारीमा लाग्ने एमालेले जनाएको छ । चुनाव समयमा नहोला भन्ने आशङ्का भई रहेका बेला सरकारले समयमानै चुनाव घोषणा गर्ने निर्णय स्वागत योग्य भएको बताएको छ ।

स्थानीय तह निर्वाचन ऐनअनुसार चुनाव घोषणा हुँदैन कि भन्ने चिन्ता बढिरहका बेला सरकारले चुनाव घोषणा गरेपछि अब निर्वाचनको तयारीम लाग्ने एमाले उपपमहासचिव विष्णु रिमालले बताए ।

“कानुनअनुसार स्थानय तह निर्वाचन हुँदैन कि भन्ने अवस्थाले चिन्ता बढाएको थियो ।

तर, सरकारले चुनावको मिति घोषणा गरेको छ,” उपमहासचिव रिमालले भने, “सरकारले निर्वाचन गराउनकै लागि मिति घोषणा गरेको हुँदा अब आशंका गर्ने कुरा भएन । हामी निर्वाचनको तयारीमा लाग्छौँ ।”


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा