शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

चुनाव घोषणासम्म माग पूरा नभए मेरो नेतृत्वमा नयाँ पार्टी जन्मिन्छ : कमल थापा


  • सोमबार, माघ २४ २०७८
6K
SHARES

तस्विरः फाइल

कमल थापाले स्थानीय तहको चुनावको मिति घोषणा हुँदासम्म पनि आफूले अघि सारेका तीनवटा माग पूरा नभए नयाँ पार्टी दर्ताको चेतावनी दिएका छन् ।

उनले त्यसतर्फ संकेत गर्दै तीनवटा माग पूरा गर्न नेतृत्वलाई अल्टिमेटम दिएका छन् ।

“स्थानीय चुनावको मिति सरकारले घोषणा गर्नुअघि सैद्धान्तिक, संगठनात्मक र व्यवहारिक विषयमा उठाइएका प्रश्न निराकरण हुँदैन भने हामीले विकल्प खोज्न बाध्य हुनेछौँ,” थापाले आफू निकटका नेताहरुसँगको छलफलमा भने ।

उनले समाधान खोजिएमा पार्टीमा क्रियाशील भएर लाग्ने बताए । उनले आफू निकटका नेताहरुको भेला अहिले काठमाडौंमा बोलाएका छन् । थापा अध्यक्षमा राजेन्द्र लिङ्देनसँग पराजित भएका हुन् । त्यसमा दरबारको हस्तक्षेप भएको भन्दै उनले छानबिनको माग गरेका छन् ।

उक्त माग पूरा नभए नयाँ दल दर्ता गर्ने उनको चेतावनी थियो । उनले चुनावपछि निरीह र लाचार भएर बस्नुको विकल्प नहुने भन्दै त्यसपहिले नै समस्याको समाधान गर्नुपर्ने बताए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा