विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले देश गम्भीर संकट उन्मुख भएकोमा चिन्ता प्रकट गरेका छन् । सामाजिक संजाल ट्वीटरमा हिजो लेख्दै अध्यक्ष मिश्रले यस्तो चिन्ता प्रकट गरेका हुन् ।
मिश्रले देशको बहालवाला प्रधानमन्त्री शेरबहादुर देउवा र भूतपूर्व प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ‘सहसचिव’को स्तरमा झरेर विदेशीलाई पत्र लेखेकोमा आपत्ति व्यक्त गरेका हुन् ।
प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्डले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पाेरेसन (एमसीसी) लाई पत्र पठाएको खुलासा भएपछि मिश्रको यस्तो प्रतिक्रिया बाहिर आएको हो ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।