शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

प्रचण्ड सचिवालयको स्पष्टीकरण : परिमार्जनबिना एमसीसी पास हुँदैन


  • सोमबार, माघ २४ २०७८
9.7K
SHARES

फाइल तस्विर

अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)लाई लेखेको पत्रबारे एकीकृत नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निजी सचिवालयले स्पष्टीकरण दिएको छ ।

एमसीसी अनुमोदनका लागि ४/५ महिना समय माग गर्दै लेखेको पत्र सार्वजनिक भएपछि प्रचण्ड चर्को दबाबमा छन् । द्वैध चरित्र देखाएको भन्दै आलोचना समेत भएको छ ।

प्रचण्डको निजी सचिवालयले भने पत्रको बचाउ गरेको छ । आइतबार साँझ स्पष्टीकरण दिँदै प्रचण्डको निजी सचिवालयले भनेको छ, ‘प्रतिगमनलाई परास्त गरी भर्खरै गठबन्धन सरकार निर्माण भएको समयमा प्रधानमन्त्रीमाथि एमसीसी पारित गर्नैपर्ने दबाब भएकाले राष्ट्रिय हित तथा गठबन्धन र सरकारको रक्षाका लागि उक्त पत्र लेखिएको थियो । पत्रमा एमसीसीका लागि राष्ट्रिय सहमति आवश्यक हुने र राष्ट्रिय सहमति निर्माणका लागि सरकारलाई केही समय आवश्यक पर्ने कुरा उल्लेख गरिएको हो ।’

एकातिर एमसीसीबारे जनस्तरसम्म विरोध र दबाब रहनु र अर्कोतिर तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को कार्यदलले समेत परिमार्जनविना पारित गर्न नसकिने निचोड प्रस्तुत गरेकाले गठबन्धनभित्रै एउटै मत बनिहाल्ने अवस्था नभएकाले पनि समय माग गर्नु परेको प्रचण्डको सचिवालयको स्पष्टीकरण छ ।

‘यही वस्तुगत अवस्थालाई मध्यनजर गर्दै राष्ट्रहितलाई केन्द्रमा राखेर नेतृत्वले गरेको कूटनीतिक पहललाई गलत रूपमा व्याख्या गर्नु र अनावश्यक रुपमा उछाल्नुको कुनै अर्थ छैन,’ प्रचण्डको निजी सचिवालयले भनेको छ ।

साथै परिमार्जनविना एमसीसी पारित गर्नु हुँदैन भन्नेमा माओवादी केन्द्र दृढ रहेको बताएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा