काठमाडौं उपत्यकाभित्र निजी सवारी साधनमा लागु गरिएको जोर-बिजोर प्रणाली हटाउन सिफारिस गरिएको छ ।
कोरोना संक्रमणदर घट्दै गएको भन्दै सीसीएमसीको आइतबार बसेको बैठकले सोमबारदेखि जोर-बिजोर हटाउन सिफारिस गरेको हो ।
अहिले निजी सवारी साधन र ट्याक्सीमा जोर–बिजोर प्रणाली लागु भएको छ । बैठकले फागुन १ गतेदेखि विद्यालय सञ्चालन गर्न दिने निर्णय पनि गरेको छ ।
कोरोना संक्रमण बढेपछि माघ महिनाभर विद्यालय बन्द गरिएको थियो । माघ १५ देखि २० सम्म विद्यार्थीलाई खोप लगाउन विद्यालय खुलेका थिए ।
रात्रिकालीन व्यवसाय र खेलकूद पनि सञ्चालन गर्न सहज बनाउने सिफारिस भएको बताइएको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।