शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

प्रधानमन्त्रीबाट हटेपछि ओली पहिलोपटक बालुवाटार जाँदै, प्रधानमन्त्री देउवा, प्रचण्ड र ओलीबीच भेटवार्ता हुँदै


  • आइतबार, माघ २३ २०७८
15.5K
SHARES

फाइल तस्विर

प्रधानमन्त्रीबाट हटेपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पहिलोपटक आइतबार बालुवाटार जाँदैछन् ।

प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न ओली आइतबार ४ बजे बालुवाटार जान लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

सत्तारुढ दल नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच आज भेटवार्ता हुँदैछ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार दिउँसो ४ बजे तीन नेताबीच भेटवार्ता हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

तीन नेताबीचको भेटमा स्थानीय तहको निर्वाचन,अमेरिकी सहयोगसम्बन्धी सम्झौता मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी)लगायत विषयमा छलफल हुने सचिवालयले जनाएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा