शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

सवारीसाधनको जोरबिजोर पूर्ण रूपमा हटाउने तयारी, अरू क्षेत्रमा पनि खुकुलो गरिँदै


  • आइतबार, माघ २३ २०७८
9.9K
SHARES

फाईल तस्बिर

काठमाडौं उपत्यकामा सवारीसाधनमा लागु गरिएको जोरबिजोर प्रणाली पूर्ण रूपमा हटाउने तयारी गरिएको छ । कोरोना संक्रमणको जोखिम घट्दै गएकाले निजी सवारीसाधनमा कायम जोरबिजोर हटाउने तयारी गरिएको हो ।

कोरोना संक्रमण घट्दै गएकाले अब सहजीकरण गर्दै लैजाने तयारी भएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले बताए । ‘‘संक्रमणदर घट्दै आएको छ । यसबारे समीक्षा भइरहेको छ । अब स्मार्ट लकडाउनको प्रावधान खुकुलो बनाउँदै सहजीकरण गर्ने हो,” प्रजिअ रिजालले भने ।

आजदेखि केही नगरपालिकामा भौतिक उपस्थितिमै विद्यालय सञ्चालन गरिएको छ ।

‘‘सार्वजनिक सवारीसाधनमा त जोरबिजोर हटिसक्यो । अब निजी सवारीसाधनको जोरबिजोरमा पनि खुकुलो गरेर पेसा, व्यवसाय चलायमान गराउनेतर्फ गृहकार्य गरिरहेका छौँ । कोरोना घट्दै गएकाले थप खुकुलो गर्ने निष्कर्षमा पुगेका छौँ,” उनले भने ।

कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी)को बैठकले यसबारे निर्णय गर्नेछ । त्यसपछि उपत्यकाका तीन जिल्ला (काठमाडौं, भक्तपुर र ललितपुर)का प्रजिअको बैठक बसेर आजै नयाँ आदेश जारी हुन सक्ने प्रजिअ रिजालले जानकारी दिए ।

‘‘बैठकबारे भक्तपुर, ललितपुरका प्रजिअसँग सम्पर्क भएको छैन । बैठक बस्ने वातावरण भयो भने आज नै अर्को आदेश आउँछ,” उनले भने । सिनेमाहल, जिमखाना, पार्टीप्यालेसलगायत भिडभाड हुने क्षेत्रहरू बन्द छन् । यसबाहेक सार्वजनिकस्थलमा २० जनाभन्दा बढी भेला हुन नपाइने गरी आदेश जारी गरिएको थियो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा