पूर्वमुख्यमन्त्री तथा एमाले नेता शेरधन राईले प्रदेश १ सरकारमाथि जनहितमा काम गर्न नसकेको आरोप लगाएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा बिहीबार स्टाटस लेख्दै उनले जनादेशबाट नभएर अध्यादेशमार्फत सरकार बनेको र तीन महिनासम्म पनि काम गर्न नसकेको आरोप लगाएका छन् ।
सरकारको असक्षमताप्रति मुख खोल्न र खबरदारी गर्न ढिला भइसकेको भन्दै उनले तीन महिनासम्म सरकार बाँडिचुँडी खानमात्र लागि परेको आरोप लगाए ।
यसका लागि मन्त्रालयहरू टुक्रयाएको र मन्त्री नियुक्ति नभएको मन्त्रालयमा दुई दुई जना स्वकीय सचिव नियुक्त गरेको उनको आरोप छ । पुँजीगत खर्च र महत्वपूर्ण विकास आयोजनाहरुको बजेट कटौती गरेको राईले बताए ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।