प्रमुख प्रतिपक्षी नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीले, नेपाली कांग्रेसले सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध महाभियोगको प्रस्ताव ल्याए आफूहरुले साथ दिने बताएका छन् ।
यद्यपि आफूहरुले नै अग्रसर भएर महाभियोग लगाउनेबारे नसोचेको उनको स्पष्टोक्ति थियो ।
बिहीबार राजधानीमा आयोजित कार्यक्रममा रायमाझीले सभामुखलाई हटाउँदा नै राम्रो हुने बताए ।
‘सभामुख विधिसम्मत रुपमा चल्नुभएन । यदि कांग्रेसले महाभियोग लगायो भने हामी साथ दिन्छौं,’ उनले भने, ‘हामी आफैंले महाभियोग लगाउनेबारे सोचेका छैनौं । महाभियोग लगाउन हामीसँग बहुमत पनि छैन ।’
प्रमुख प्रतिपक्षी दल नेकपा एमाले तत्कालीन अवस्थामा पार्टीले कारबाही गरेका माधव नेपाल लगायत नेतालाई सांसद पद नरहने गरी गरेको कारबाही सभामुख सापकोटाले कार्यान्वयन नगरेको विषयमा रुष्ट रहँदै आएको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।