शुक्रबार, भाद्र १९ २०८३
ताजा अपडेट

एमसीसी ल्याउने शर्तमा गठबन्धन कायम रहन सक्दैन : चित्रबहादुर केसी


  • बिहिबार, माघ २० २०७८
15.3K
SHARES

फाईल तस्बिर

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रवहादुर केसीले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कम्प्याक्ट (एमसीसी) ल्याउने शर्तमा सत्तारुढ गठबन्धनलाई निरन्तरता दिन नसक्ने बताएका छन् ।

राष्ट्रिय जनमोर्चा लमही नगर कमिटीले बिहीबार आयोजना गरेको पत्रकार भेटघाटमा उनले गठबन्धनभन्दा राष्ट्रियता ठूलो भएको टिप्पणी गरे ।

नेपाली कांग्रेस गठबन्धन कायम राख्नुपर्छ भन्नेमा लागि परेको छ’ उनले भने, ‘त्यही गठबन्धनको आडमा एमसीसी आउन प्रयास भइरहेको छ । कुनैपनि हालतमा एमसीसी पास हुदैन ।’

अध्यक्ष केसीले संसद अवरुद्ध गरेर जनताको आवाज बोल्ने थलो बन्द गर्नु राम्रो संकेत नभएको बताए । संसद लामो समय अवरुद्ध हुँदा प्राप्त उपलब्धी गुम्ने खतरा रहेको उल्लेख गरे ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा