प्रधानमन्त्री शेरबहादुर देउवा र निर्वाचन आयोगका पदाधिकारीबीच स्थानीय तहको निर्वाचनकाबारेमा छलफल भएको छ ।प्रधानमन्त्री देउवाले आयोगका पदाधिकारीलाई बालुवाटारमा बोलाएर निर्वाचन मितिबारे छलफल गर्नुभएको हो ।
छलफलमा प्रधानमन्त्री देउवाले आयोगका पदाधिकारीहरुलाई जेठ ४ गते एकै चरणमा चुनाव गर्ने प्रस्ताव राख्नुभएको छ ।
आयोगका पदाधिकारीहरुले पनि जेठ ५ गते भित्रै निर्वाचन गर्न प्रधानमन्त्री देउवालाई सुझाव दिएका थिए । गत शनिबार बसेको गठबन्धनको बैठकले जेठमा स्थानीय तहको निर्वाचन गर्ने सहमति जुटाएपछि प्रधानमन्त्री देउवाले आयोगका पदाधिकारीलाई छलफलमा बोलाउनुभएको हो ।
प्रधानमन्त्री देउवा र आयोगका पदाधिकारीबीचको छलफल सकारात्मक भएको भन्दै जेठ ४ गतेलाई नै चुनावको मिति तोक्ने तयारी गरिएको स्रोतले बताएको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।