प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी जेठ ४ गतेका लागि स्थानीय तह निर्वाचनको मिति तोक्ने सङ्केत गरेका छन् । सोमबार काँग्रेसको बागमती प्रदेशका पदाधिकारीसँगको भेटमा देउवाले २०७९ जेठ ४ मा स्थानीय तहको निर्वाचन हुने बताएका हुन् ।
सोमबार देउवालाई भेट्न बालुवाटार पुगेका काँग्रेस बागमती प्रदेशका महामन्त्री राजु श्रेष्ठले भने, ‘प्रधानमन्त्रीज्यू समयमै चुनाव गराउने पक्षमा हुनुहुन्छ । उहाँले जेठ ४ गते स्थानीय निर्वाचन गर्ने कुरा गर्नुभयो ।’
देउवाले त्यसका लागि तयारीमा जुट्न प्रदेश कार्यसमितिलाई निर्देशन दिएको श्रेष्ठले रातोपाटीलाई बताए । उनले भने, ‘ प्रधानमन्त्रीज्यूले हामीलाई चुनावको तयारीमा जुट्न पनि निर्देशन दिनुभएको छ ।’
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।