सभामुख अग्निप्रसाद सापकोटालाई अनेरास्ववियुले कालो झन्डा देखाएको छ।
स्थानीय तह निर्वाचनको मिति घोषणा गर्न सरकारसँग माग गर्दै आज प्रदर्शन गरिरहेको अनेरास्ववियुले काभ्रेमा सभामुख सापकोटालाई कालोझन्डा देखाएका हुन्।
नेकपा एमालेको भातृ संगठन अनेरास्ववियुले आज देशैभर प्रदर्शन गरिरहेको छ।
सभामुख सापकोटालाई काभ्रेमा नाराबाजीसहित अनेरास्ववियुले कालोझन्डा देखाएका हुन्। कालोझन्डा देखाउने अनेरास्ववियु कार्यकर्तालाई प्रहरीले धपाएको थियो।
अनेरास्ववियुले आज सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई पनि कालोझन्डा देखाएका थिए। पुल्चोकमा सञ्चारमन्त्री सवार गाडी छेकेर अनेरास्ववियुले कालोझन्डा देखाउँदै प्रदर्शन गरेका थिए।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।