शनिबार, साउन ३० २०८३
ताजा अपडेट

वामदेव नयाँ पार्टी खोल्ने तयारीमा, बामदेवको पार्टीको भविष्य कस्तो होला ?


  • मंगलबार, माघ १८ २०७८
7.4K
SHARES

फाइल तस्विर

राष्ट्रियसभा सदस्य तथा पूर्व उपप्रधानमन्त्री वामदेव गौतमले नयाँ पार्टी खोल्ने तयारी गरेको स्रोत बताउँछ । उनीनिकट स्रोतले नयाँ दल दर्ताको सम्पूर्ण तयारी भैसकेको जनाएको छ ।

पछिल्लो समय नेता गौतम निश्क्रियजस्तै थिए । तर, उनी भित्रभित्रै नयाँ दल दर्ताको लागि जुटेको रहस्य खुलेको छ ।

एमालेको उपाध्यक्षबाट राजीनामा दिएका गौतम तत्कालिन नेकपा हुँदा पार्टी एकताको पक्षमा उभिएका थिए । पछि माधव नेपालले एमालेमा रहँदा अध्यक्ष केपी शर्मा ओलीसँग संघर्ष गर्दापनि नेता गौतम पार्टी एकताको पक्षमा भन्दै बीचमा उभिएका थिए ।

कतिपयले उनले नयाँ दल दर्ता गरेर माधव नेपालको पार्टीसँग एकता गर्न खोजेको पनि चर्चा गरेका छन् । तर, गौतमले भने यसबारेमा अहिले नै मुख खोलेको छैनन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा