सरकारले सोनाम ल्होसारको अवसरमा बुधबार (भोलि) सार्वजनिक विदा दिने निर्णय गरेको छ ।गृह मन्त्रालयले आज विज्ञप्ति जारी गर्दै बुधबार सार्वजनिक विदा दिने निर्णय भएको जानकारी दिएको हो ।
गृह मन्त्रालयका अनुसार माघ १९ गते बुधबार देशभरका सबै सरकारी कार्यालय र सार्वजनिक संघसंस्थाहरुमा सार्वजनिक विदा दिने निर्णय भएको छ ।तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसारका अवसरमा सरकारले भोलि सार्वजनिक विदा दिएको हो ।
मन्त्रिपरिषदको माघ १७ गतेको निर्णय अनुसार सोनम ल्होसारका अवसरमा मिति २०७८ माघ १९ गते बुधवार सावैजनिक विदा दिने निर्णय भएको गृहमन्त्रालयद्वारा जारी सूचनामा उल्लेख छ ।
नेपाल राज्यभरका सबै सरकारी कार्यालय संघ संस्थाहरुमा भोलि सार्वजनिक विदा दिने निर्णय भएको पनि सूचनामा उल्लेख छ ।

खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।