शुक्रबार, असोज ३० २०८३
ताजा अपडेट

संविधानमा छिद्र खोजेर चुनाव टार्नु प्रतिगामी कार्य : कमल थापा


  • शुक्रबार, माघ १४ २०७८
13.3K
SHARES

फाइल तस्विर

राप्रपाका पूर्वअध्यक्ष कमल थापाले संविधानमा छिद्र खोजेर चुनाव टार्नु संविधानविपरीत प्रतिगामी कार्य हुने बताएका छन् । उनले कुनै पनि बहानामा स्थानीय तहको निर्वाचन नसार्न सरकारलाई सुझाव दिएका छन् ।

नेपालको संविधानले कुनै पनि तहको सरकार निर्वाचित प्रतिनिधिविहीन हुने परिकल्पना नगरेको भन्दै सोही मान्यताअनुसार पदावधि समाप्त हुनुअघि नै नयाँ चुनाव गर्नुपर्ने व्यवस्था गरिएको उनले जिकिर गरेका छन् ।

नेता थापाले शुक्रबार बिहान सामाजिक सञ्जालमा लेखेका छन्, ‘ संविधानमा तीन तहको सरकारको व्यवस्था छ। कुनै पनि तहको सरकार निर्वाचित प्रतिनिधिविहीन हुने परिकल्पना संविधानमा छैन। यही मान्यताअनुसार पदावधि समाप्त हुनुअगावै नयाँ चुनाव गर्ने कानुन बनेको हो। कुनै पनि बहानामा वा संविधानमा छिद्र खोजेर चुनाव टार्नु संविधानविपरीत प्रतिगामी कार्य हुनेछ ।’

सत्तारुढ गठबन्धन स्थानीय तहको निर्वाचन आगामी असोजमा गर्ने गरी कानुन संशोधन गर्ने तयारीमा अघि बढेपछि राप्रपा पूर्वअध्यक्ष थापाले खबरदारी गर्दै आएका छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा