शनिबार, साउन ९ २०८३
ताजा अपडेट

मन्त्री रेणु यादवको मन्त्री पद धरापमा, उनी विरुद्ध प्रहरीमा जाहेरी !


  • बिहिबार, माघ १३ २०७८
6.7K
SHARES

फाइल तस्विर

पछिल्लो समय आफ्नो विवादास्पद अभिव्यक्तिका कारण विवादमा तानिँदै आएकी मन्त्री रेणुकुमारी यादव विरुद्ध प्रहरीमा उजुरी परेको छ ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवविरुद्ध प्रहरीमा जाहेरी दरखास्त परेको हो ।

५ माघमा रौतहटमा आयोजित मधेश बलिदान दिवसलाई सम्बोधन गर्दै मन्त्री यादवले जनमत पार्टीका अध्यक्ष सिके राउतलाई ज्यान मार्ने धम्की दिएकी थिइन् ।

पूर्वसांसद तथा नेपाली कांग्रेसका नेता रञ्जित कर्णले मन्त्री यादवले साम्प्रदायिक द्वन्द्व फैलाउने अभिव्यक्ति दिएको भनेर उनीमाथि राज्यविरुद्धको कसूरमा अनुसन्धान गर्न माग गरेका छन् ।

उनले जिल्ला प्रहरी कार्यालय सप्तरीमा जाहेरी दिन खोज्दा लिन नमानेपछि जिल्ला प्रहरी कार्यालय रौतहटमा हुलाकमार्फत जाहेरी पठाएको बताएका छन् ।

कर्णले बिहीबार नै सप्तरीका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतममार्फत् प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापन पत्र पनि पठाएका छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा