शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

डा. बाबुराम भट्टराईलाई कोरोना


  • बुधबार, माघ १२ २०७८
12.5K
SHARES

फाईल तस्बिर

जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईलाई कोरोनाभाइरस संक्रमण भएको छ । आरटी पीसीआर परीक्षण गराउँदा कोरोना पोजेटिभ रिपोर्ट आएको डा. भट्टराईले जानकारी दिए ।

उनले ट्वीटरमा आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएका छन् । उनका अनुसार कोरोना संक्रमण पुष्टि भएसँगै उनी आइसोलेसनमा बसेका छन् । सतर्कताका बाबजुद आफूलाई कोरोना संक्रमण भएकाले केही दिन आइसोलेसनमा रहने उनले बताए ।

साथै डा. भट्टराईले आफ्नो सम्पर्कमा आएकाहरूलाई सतर्क रहन आग्रह गरेका छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा