शनिबार, साउन ३० २०८३
ताजा अपडेट

सीके राउतका कार्यकर्ताको ताण्डव : डाक्टरको टाउको फुटाए, सांसदको हात भाँचिदिए !


  • बुधबार, माघ १२ २०७८
9.8K
SHARES

फाईल तस्बिर

सीके राउत नेतृत्वको जनमत पार्टीले आज जनकपुरमा ताण्डव मच्चाएको छ । जनमत पार्टीका कार्यकर्ताले सरकारी गाडीको तोडफोड गर्नुका साथै  जलेश्वर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर सतिश साहमाथि आक्रमण गरेर टाउकोमा गहिरो चोट लागेको छ । एक सांसदको हातनै भाचिदिएका छन् ।

जनमत पार्टीका कार्यकर्ताहरुले जलेश्वर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर सतिश साहमाथि आक्रमण गरेका छन्।

जनकपुरको पिडारी चोकमा जनमत पार्टीका कार्यकर्ताहरुले बर्दिबास गइरहेका डाक्टर साह सवार गाडीमा तोडफोड गर्नुका साथै अन्धाधुन्ध भाटा प्रहार गरेपछि साह घाइते भएका छन्।

उनकको टाउको फुटेको प्रहरीले जनाएको छ। उनको अनुहारमा गहिरो चोट लागेर आठ वटा टाँका लगाइएको साहका आफन्तले बताए।

पार्टी कार्यकर्ताहरुले प्रदेस सभा सदस्य अशोक यादवको गाडी तोडफोड गरी उनको हात नै भाँचिदिएको यादवले जनाएका छन्। उग्ररुपमा प्रदर्शनमा उत्रिएका कार्यकर्ताहरुले दश वटा सरकारी गाडीमा तोडफोड गरेका हुन्।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा