शनिबार, साउन ९ २०८३
ताजा अपडेट

निर्वाचनको विषयमा सरकार जानकार छ, एमालेले भ्रम सिर्जना गर्‍यो : सञ्चारमन्त्री


  • बुधबार, माघ १२ २०७८
8.9K
SHARES

फाइल तस्विर

नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आवधिक निर्वाचन गर्ने विषयमा सरकार जानकार रहेको बताएका छन् ।

बुधबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै उनले स्थानीय तह निर्वाचन ऐन र संविधानको धारा बाझिएको भन्दै त्यसलाई संशोधन गर्ने विषयमा छलफल भइरहेको बताए ।

उनले प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले निर्वाचनजस्तो राष्ट्रिय मुद्दालाई राजनीतिक विषय बनाएर जनतामा भ्रम सिर्जना गरेको भन्दै त्यसो नगर्न आग्रह गरे ।

“आवधिक निर्वाचनको सिद्धान्त र महत्त्वको विषयमा सरकार पूर्ण रूपमा विज्ञ छ, संविधानको सीमाभित्रै रहेर तीन तहको निर्वाचन हुन्छ,” उनले भने ।

मन्त्री कार्कीले एमालेले लामो समयदेखि संसद् सञ्चालनमा अवरोध गरेका कारण संसद्भित्र चुनावसम्बन्धी बहस गर्न नपाएको बताए । संसद् सञ्चालन हुन नसक्दा धेरै विधेयकहरू अड्किएको उनले उल्लेख गरे ।

मन्त्री कार्कीले संसद्लाई प्रभावकारी बनाउने दायित्व सरकारको मात्र नभई त्यो जिम्मेवारी प्रतिपक्षी दलको पनि भएको जिकिर गरे ।

संसद्लाई प्रभावकारी बनाउने सरकार मात्र होइन, प्रतिपक्षी दलको पनि दायित्व हो । लामो प्रजातान्त्रिक अभ्यासबाट आएकाले जनतामा भ्रम सिर्जना नगर्न अनुरोध गर्दछु,” उनले भने, “आवधिक निर्वाचनको विषयमा सरकार विज्ञ छ ।”


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा