शनिबार, साउन ३० २०८३
ताजा अपडेट

सुदूरपश्चिममा मतदान सकियाे, आजै नतिजा आउने


  • बुधबार, माघ १२ २०७८
10K
SHARES

फाईल ;तस्बिर

सुदूरपश्चिममा रिक्त रहेका राष्ट्रियसभाका तीन सिटका लागि भएकाे मतदान सकिएकाे छ । धनगढीस्थित प्रदेशसभाकाे परिसरमा बिहान ९ बजेदेखि शुरू भएकाे मतदान सकिएकाे निर्वाचन अधिकृतकाे कार्यालयले जनाएको छ ।

सहायक निर्वाचन अधिकृत प्रेमराज भट्टले प्रदेशसभाका सबै ५२ र स्थानीय तहका प्रमुख र उपप्रमुख गरी १७५  मत खसेकाे जानकारी दिए । उनकाअनुसार अहिले मुचुल्का उठाउने काम भइरहेकाे छ भने मतगणना पनि बुधबार नै शुरु गर्ने तयारी छ ।

मतगणना पनि प्रदेशसभा परिसरभित्रै हुने भट्टले जानकारी दिए । तीन जना राष्ट्रियसभा सदस्यका लागि सत्तारूढ गठबन्धन र नेकपा एमाले चुनावी प्रतिस्पर्धामा छन् ।

गठबन्धनकातर्फबाट अन्यतर्फ नेपाली कांग्रेसका नारायणदत्त मिश्र, दलितमा माओवादी केन्द्रका जगत पार्की र महिलामा एकीकृत समाजवादीकी मदनकुमारी शाह (गरिमा) उम्मेदवार छन् भने एमालेबाट अन्यमा डिल्लीराज भट्ट, दलितमा नरेश विक र महिलामा सन्ताेषकुमारी शर्मा थापा उम्मेदवार छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा