शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

गठबन्धन सरकार जनताप्रति अनुत्तरदायी : एमाले सल्लाहकार परिषद्


  • मंगलबार, माघ ११ २०७८
9.4K
SHARES

फाइल तस्विर

नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले सल्लाहकार परिषद्ले वर्तमान गठबन्धन सरकारले एमाले विरुद्द षड्यन्त्र गरिरहेको आरोप लगाएको छ ।

नेकपा एमालेको केन्द्रीय सल्लाहकार परिषद्ले सोमबार विज्ञप्ति जारी गर्दै राजनीतिक र वैचारिक रुपमा गठबन्धन सरकारले एमाले विरुद्द जनता सामु षड्यन्त्र फैलाइरहेको आरोप लगाएको हो ।

केन्द्रीय परिषद्ले जनतालाई राहत, सुविधा दिनुभन्दा पनि सरकार एमाले विरुद्द षड्यन्त्र गर्न उद्दत रहेको दावी गरेको छ । परिषद् अध्यक्ष अमृतकुमार बोहोराले विज्ञप्ति जारी गर्दै विरोधीहरुले फैलाएका भ्रमहरुलाई चिर्दै पार्टीको आन्तरिक एकतामा केन्द्रीत हुन आग्रह गरेका छन् ।

नेपाली कांग्रेस नेतृत्वमा बनेको वर्तमान गठबन्धन सरकार राष्ट्र र जनताको सरोकारको सवालमा अनुत्तरदायी भएको समेत विज्ञप्तिमा उल्लेख छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा