शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

सुदूरपश्चिममा पहिलो पटक भेटियो ओमिक्रोन, ४ जनामा संक्रमण पुष्टि


  • मंगलबार, माघ ११ २०७८
6.8K
SHARES

फाईल तस्बिर

सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन भेटिएको छ ।

सो प्रदेशका ४ जना मानिसमा ओमिक्रोनको सङ्क्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता नरेन्द्रसिंह कार्कीका अनुसार कञ्चनपुर–२ बझाङ र डोटीका एक-एक जनामा संक्रमण पुष्टि भएको हो ।

कञ्चनपुरको दोधराचाँदनी नगरपालिकाका ४२ वर्षीय पुरुष, पुनर्वासका २९ वर्षीय पुरुष, डोटीको पुर्वीचौकीका ४८ वर्षीय पुरुष र बझाङको विथ्थडचिरका ३३ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता नरेन्द्रसिंह कार्कीले बताउनु भयो ।

कोरोना पुष्टि भएका १ सय ४६ जनाको भेरियन्ट पुष्टि गर्न काठमाडौं पठाइएको उहाँको भनाइ छ ।

उनीहरुमध्ये ४ जनामा ओमिक्रोन पुष्टि भएको हो । कोरोना संक्रमण पुष्टि भएका सबै त्रिनगर नाका भएर स्वदेश फर्केका नागरिक भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा