शनिबार, साउन ३० २०८३
ताजा अपडेट

टेकु अस्पतालमा खोप अभियान पुन: सञ्चालन


  • सोमबार, माघ १० २०७८
7.2K
SHARES

फईल तस्बिर

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुमा स्थगित खोप अभियान पुन: सञ्चालनमा आउने भएको छ ।

अस्पतालका ५० बढी चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारी कोभिड-१९ बाट संक्रमित भएपछि सोमबारदेखि ७ दिनका लागि स्थगित गरिएको थियो । उक्त खोप अभियान सञ्चालनका लागि जनशक्ति व्यवस्थापन भएकोले मंगलबारदेखि खोप कार्यक्रम नियमित हुने अस्पतालले जानकारी दिए ।

सोमबार अस्पतालले विज्ञप्ति जारी गर्दै काठमाडौं महानगरपालिका स्वास्थ्य शाखा र नेपाल रेडक्रस सोसाइटी काठमाडौंबाट जनशक्ति व्यवस्थापन हुने भएकोले नियमित रुपमा खोप कार्यक्रम सञ्चालन हुने जनाएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा