काठमाडौंको चाबहिल चोक र मित्रपार्कमा आकाशे पुलको शिलान्यास गरिएको छ ।
आइतबार काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले काठमाडौंको चाबहिल चोक र मित्रपार्कमा आकाशे पुलको शिलान्यास गरेका हुन् । पुल शिलान्यास गर्दै मेयर शाक्यले आकाशे पुल निर्माणपछि ट्राफिक जामको समस्या कम हुने बताए ।
उनले स्थानीयको मागानुसार पुल शिलान्यास गरिएको र स्थानीयको साथ रहेमा समयअगावै निर्माणकार्य सम्पन्न हुने बताए ।
पुल निर्माणको ठेक्का सविरा कन्स्ट्रक्सनले पाएको छ । ०७९ जेठ मसान्तसम्म पुल निर्माण सकिसक्नुपर्नेछ । दुवै पुल ३३ मिटर लम्बाइ र दुई मिटर चौडाइको हुनेछ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।