बुधबार, जेष्ठ ११ २०७९
ताजा अपडेट

स्थानीय निकायलाई पदाधिकारी बिहीन बनाउने पक्षमा छैन : प्रकाशमान सिंह


  • KTM Khabar
  • आइतबार, माघ ९ २०७८
2.2K
SHARES

फाइल तस्विर

सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आफू स्थानीय निकायलाई पदाधिकारीविहीन बनाउने पक्षमा नरहेको बताएका छन् ।

नेता सिंहले स्थानीय तहको निर्वाचन संविधानले व्यवस्था गरे अनुसार समयमै हुनुुपर्ने पनि स्पष्ट पारे । शनिबार काठमाडौंको चाक्सीबारीस्थित आफ्नै निवासमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा नेता सिंहले संविधानको मर्म र भावना विपरित कुनै पनि तहको निर्वाचनमा जान नहुने बताएका हुन।

उनलेले पाँच वर्ष कार्यकाल पूरा गरेको ६ महिना भित्र स्थानीय तहको निर्वाचन हुुनुपर्छ भन्ने कुरा संविधानमा उल्लेख भएको र सोही अनुसार हुनुपर्ने दावी समेत नेता सिंहको रहेको छ । नेता सिंहले भन्नुभयो, ‘मैले सुरुदेखि नै भन्दै आएको छु । हामीले जाने भनेको त संविधानको भावना र मर्म बमोजिम नै सबै कामहरु हुनु प¥यो ।

अहिलेको यो डिबेट आईराखेको छ नि त । स्थानीय तहको कार्यअवधि त पाँच वर्षका लागि हो । कार्यअवधि भन्दा स्थानीय निर्वाचन ऐनले २ महिना अगावै स्थानीय तहको निर्वाचन भएको हुनुपर्छ भनेको छ । तर संविधानले के भन्छ भन्दाखेरी कार्यकाल पाँच वर्षका हो । तर, कार्यकाल सकिएको ६ महिना भित्र नै गर्नुपर्छ भन्ने संविधानको कुरा छ । तर अहिले आएर के हो भन्दाखेरी यो संविधानको समग्र मर्मलाई काम गर्नुपर्छ ।

स्थानीय निकायलाई हामीले समयमै गर्दाखेरी संघीय निर्वाचन पनि टाईम आएपछि गर्दा राम्रो हुन्छ । संविधानको भावना र मर्म अनुसार नै हुनुपर्छ । त्यसमा पनि के भन्दाखेरी स्थानीय निकायचाँही खाली राख्नु हुन्न भन्ने मेरो परसनल ओपिनियन हो । र, त्यही अनुसार हुनुपर्छ भन्ने मेरो भनाई हो ।’

त्यस अवसरमा कांग्रेस नेता सिंहले डा मिता सिंहद्वारा लिखित पुस्तक ‘स्ट्रगल अफ गणेशमान सिंह’को विमोचन गर्दै पुस्तकमा गणेशमान सिंहले नेपालको प्रजातन्त्र स्थापनाका लागि गर्नु भएको योगदानको चर्चा समेत गरेका थिए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा