एमाले अध्यक्ष केपी शर्मा ओलीलाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । कोरोनाको लक्षण देखिएपछि गरिएको परीक्षणका क्रममा उनमा संक्रमण पुष्टि भएको हो ।
एमाले उपमहासचिव प्रदीप कुमार ज्ञवालीले ओलीमा कोरोना पुष्टि भएको बताए । ‘कोरोना पुष्टि भएको खबर छ, म बाटोमा छु । विस्तृत पछि पार्टीले जानकारी गराउँछ’, उनले भने ।
ओलीमा शनिबार एन्टिजेन परीक्षणमा पोजेटिभ रिपोर्ट आएपछि पीसीआर गरिएको थियो । ओली हाल बोलकोटस्थित निवासमै आइसोलेशनमा छन् ।
पछिल्लो समय तेस्रो लहरको रूपमा फैलिएको कोरोना भाइरसले नेपालका वरिष्ठ नेताहरूलाई समेत समातेको छ । नेपालमा संक्रमण दर उच्च गतिमा फैलिँदै गएको पाइन्छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।