बुधबार, जेष्ठ ११ २०७९
ताजा अपडेट

न्यूनतमसँगै अधिकतम तापक्रम घट्दा चिसो बढ्यो


  • KTM Khabar
  • आइतबार, माघ ९ २०७८
1.9K
SHARES

फाइल तस्विर

देशका धेरै ठाउँमा अधिकतमसँगै न्यूनतम तापक्रम घट्दा चिसो ह्वात्तै बढेको छ। केहीदिन यता पश्चिमी वायुको प्रभावले देशभरी कै मौसम पूर्ण रुपमा खुल्न सकेको छैन। मौसम नखुलेपछि अधिकतमसँगै न्यूनतम तापक्रम घटेको छ।

मौसम पूर्वानुमान महाशखाका अनुसार देशका केही ठाउँको तापक्रम ६ डिग्रीसम्म घटेको छ। न्यूनतम तापक्रमसँगै अधिकतम तापक्रम घट्दा चिसो बढेको हो।

महाशाखाका अनुसार शुक्रबार अधिकतम तापक्रम १२ दशमलव ८ डिग्री सेल्सियस रहेको डडेलधुराको न्यूनतम तापक्रम २ दशमलव ९ डिग्री मापन गरिएको थियो।

शनिबार भने डडेलधुराको अधिकतम तापक्रम ७ डिग्री र न्यूनतम तापक्रम २ दशमलव ५ डिग्री सेल्सियसमा झरेको छ।

यस्तै शुक्रबार अधिकतम तापक्रम २१ दशमलव २ र न्यूनतम तापक्रम १० डिग्री मापन गरिएको दिपायलको तापक्रम शनिबार घटेको छ।

शनिबार दिपायलको अधिकतम तापक्रम १८ दशमलव २ र न्यूनतम तापक्रम ८ दशमलव ६ डिग्रंी सेल्सियसम्म झरेको छ।

यस्तै शुक्रबार काठमाडौंको अधिकतम तापक्रम १६ दशमलव १ डिग्री तथा न्यूनतम तापक्रम ७ दशमलव ४ डिग्री मापन गरिएको थियो।

शनिबार भने काठमाडौंको अधिकतम तापक्रम १३ दशमलव ५ डिग्री तथा न्यूनतम तापक्रम ४ डिग्री सेल्सियसमा झरेको महाशाखाले जनाएको छ।

अझै केही दिन मौसम पूर्ण रुपमा नखुल्ने भएकाले चिसो बढ्ने भएकाले स्वास्थ्य सावधानी अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।

महाशाखाका अनुसार आइतबार केही ठाउँमा मेघगर्जनसहित वर्षा हुने र उच्च पहाडी तथा हिमाली भेगमा हिमपात हुने सम्भावना छ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा