९ माघ, काठमाडौँ
आर्थिक बर्ष सन् २०२२ का लागि गत मे ८ मा डिभी लोटरीको नतिजा सार्वजनिक गरिएको थियो ।अमेरिकी विदेश मन्त्रालयका अनुशार आर्थिक बर्ष सन् २०२२ का लागि ३८०२ जना नेपालीहरु डिभी लोटरी बिजेता भएका छन् ।
डिभी २०२२ का डिभी विजेताहरुको अक्टोबर १, २०२१ देखि प्रक्रिया सुरु भइ अमेरिकाको भिसा पाउने प्रावधान रहेतापनि कोही पनि नेपाली डिभी विजेताहरुलाई अक्टोबर महिनामा अमेरिकी दूतावासले भिसा नदिइएको खुलासा भएको छ । त्यसपछि पनि डिसेम्बर र हाल जनवरी २०२२ सम्म आइपुग्दा पनि भिसा प्रक्रिया सुरु गर्न चासो नदेखाएकोले डिभी विजेताहरुमा अन्योल बढेको छ ।
अक्टोबरमा ४५० जना नेपालीहरुलाई आप्रवासी भिसा दिइएपनि डिभी विजेता भने कसैलाई पनि दूतावासले भिसा प्रदान गरेन । त्यस्तै नोभेम्बरमा ४८७ जनालाई काठमाडौंमा रहेको अमेरिकी दूतावासले आप्रवासी भिसा जारी गरेपनि डिभी विजेताहरुलाई भने भिसा प्रदान गरिएन। २०२२ का डिभी विजेताहरुले आगामी सेप्टेम्बरभित्र भिसा प्राप्त गरिसक्नुपर्ने प्रावधान रहेको छ । अदालतले विदेश मन्त्रालयबाट लागु भिसाको प्राथमिकता खारेज गरेपनि दूतावासले भने भिसा जारी गर्नमा देखाएको उदासिनताका कारण डिभी विजेताहरु चिन्तित छन् ।
बढीमा ५५ हजार डिभी विजेताहरुले भिसा पाउनसक्ने भएतापनि १ लाख १९ हजार २१ जना सन् २०२२ को डिभी बिजेता भएका थिए ।
उनीहरुमध्ये बिविध कारण ले ।अत्याधिक अयोग्य हुनसक्ने भएकाले अमेरिकाले भिसा दिने कोटा भन्दा धेरैलाई डिभी पार्दै आएको छ । सन् २०२२ का लागि कुल ७३ लाख ३६ हजार ३ सय २ जनाले डिभी भरेका थिए । आफन्तहरु सहित सन् २०२२ को डिभीमा सहभागी हुनेहरु को सख्या विश्वभरबाट कुल १ करोड ३१ लाख ९१ हजार २ सय ९६ जना रहेका थिए ।
अन्य युरोपेली, अफ़्रिकि मुलुकहरुमा धेरै संख्यामा डिभी भिसाको अन्तरबार्ता भइ अधिकांसले भिसा प्राप्त गरिरहेको अवस्थामा नेपाल स्थित अमेरिकी दूतावासले कुनै चासो नदेखाएकोले अधिकांस डिभी बिजेताहरु अन्योल्मा परेका छन् । साथै इमेल तथा टुइटरको माध्यमबाट एम्बेसिलाई समस्या अवगत गराइराख्दा पनि अहिले सम्म कुनै प्रतिकृया आएको छैन । डिभी मार्फत अमेरिका जानु पाउने जीवनकै एक अमुल्य अवसर गुम्दै गरेको देख्दा बिजेताहरु तनाब वड्दै गरेको देखिन्छ। एक डिभी बिजेता नाम परिर्वतन (माया पोखरेल) भन्नुहुन्छ, ” डिभीले आस मात्र देखाएर निरास मात्र बनायो, जिन्दगी आफ्नो योजना अनुसार चलिरहेको थियो, डिभी परेर झन अन्योल मात्र बनायो। हामी दूतावासलाई बिन्ती गर्न चाहन्छौ, हाम्रो प्रक्रिया अगाडी बढाई दिएर हाम्रो जिवन एक अमुल्य अवसरलाई बचाइ दिनुहोस् ।”
चाडो अन्तर्बर्ताको प्रक्रियामा अगाडी बढे मात्र सम्पुर्ण नेपाली बिजेताहरुले भिसा पाउन सफल हुनेछन् नत्र डिभी मार्फत अमेरिकी सपना सपना मात्र हुने देखिन्छ । त्यसैले डिभी बिजेताहरुमा बढ्दै गइरहेको मानसिक तनाब, अन्योल् र चिन्ता प्रती नेपाली दूतावास अवगत भई डिभीका कार्य चाडो अगाडी बडाइदिय डिभी बिजेता यु एस एम्वेसी प्रति आभारी हुने थिए।