बुधबार, जेष्ठ ११ २०७९
ताजा अपडेट

यी बार सुरु गर्नुहोस् नयाँ काम , मिल्छ सफलता नै सफलता !


  • KTM Khabar
  • आइतबार, माघ ९ २०७८
2.9K
SHARES

फाईल तस्बिर

ज्योतिष शास्त्र अनुसार जो कसैले व्यापार व्यवसाय र नोकरी गर्नको लागि पनि आफु जन्मेको बारमा कुन दिन गर्दा राम्रो हुन्छ भन्ने जनविश्वास रहेको छ । त्यसकारण आज हामी तपाईलाई सात बार मध्ये कुन दिन के कामको सुरु गर्दा राम्रो हुन्छ भन्ने बारे जानकारी दिन गइरहेका छौँ ।

आईतबारः आइतबारको दिन गीत ,बाद्य वादन, राजसेवा, गाइगोरु, किन बेच गर्ने, हवन गर्ने मन्त्र उपदेश लिने, औषधी निर्माण गर्ने, शास्त्र , सुन, तामा, उनी, बस्त्र जस्ता सामाग्रीको किनबेच गर्ने, रातो वस्तुको कारोबार गर्ने जस्ता कार्य गर्नु धेरै शुभ रहनेछ ।

सोमबारः सोमबारको दिनलाई भगवान शिवको प्रिय दिनको रुपमा लिने गरिन्छ ।  सोमवार शिवजीको आराधना गर्नु राम्रो मानिन्छ ।

मंगलबारः मंगलबारको दिन भगवान गणेशको पूजा आरधना गर्ने दिन  यो दिन गणेश भगवानका पूजाआज गरे जस्तो सुकै कामको सुरुवात गरेपनि सफलता प्राप्त गर्न सकिन्छ ।

बुधबारः यो दिनलाई पुण्य आर्जन गर्ने दिनको रुपमा लिइन्छ । बुधबारको दिन वस्तु कला, चित्रकला र अध्ययनमा सोचेभन्दा धेरै सफलता मिल्नेछ ।

बिहिबारः यो दिन धार्मीक कार्य गर्नु राम्रो मानिन्छ । यो दिन मन्दिर निर्माण, मन्त्र जप, नवग्रह पुजा गर्दा तपाईको कार्य निर्धारित समयमा नै सम्पन्न हुन्छ ।

शुक्रबारः यस दिन गायण, मणी, रत्न, हिरा, सुगन्ध, बस्त्र, उत्साह, अलंकार, बाणिज्य, व्यापार, गाई वस्तु मिनबेच गर्नु, द्रव्य भण्डारण गर्नु धन सञ्चय गर्नु, कृषि कार्य सुरुवात गर्नु शुभ मानिन्छ ।

शनिबारः शनिबार कुनै पनि नयाँ कार्य सुरु गर्दा शनि देवको ठूलो प्रभाव पर्ने धार्मिक शास्त्रमा उल्लेख गरएको छ । झुटो बोल्नु , ठगि गर्नु , कपट गर्नु , गृह प्रवेश, स्थिर कार्य , नोकरी गर्नु , कलकारखानाको उद्घाटन, फलाम आदिको कार्य गर्नु निकै शुभ मानिन्छ । शनिवार नया कामको थालनि नगर्दै राम्रो मानिन्छ । – एजेन्सीको सहयोगमा


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा