नेपालमा पछिल्लो २४ घण्टामा १०७०३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको १८ हजार ६१८ जनाको पीसीआर परीक्षणमा ८८१५ र ४ हजार ४७४ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १८८८ जनामा कोरोना पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा ३ कोरोना संक्रमितको मृत्यु भएको छ। सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट ७६६ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार निको हुने दर ९१ दशमलब ४ रहेको छ ।
पछिल्लो समय विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको तेस्रो लहर नेपालमा पनि दैनिक रूपमा आक्रमित बढ्दै गएका छन् । नेपाल सरकारले पनि स्वास्थ्य मापदण्ड कडाइ गर्दै काठमाडौँ उपत्यकामा जोर बिजोर प्रणालीमा यातायात सञ्चालन गर्ने तयारी गरेको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।